annapurna add

03032016044325convension13 Convension Nepali Congress 16 1000x0 17052018082801

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्दैछ ।

संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरेको कांग्रेसले आज ६ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्न लागेको हो । सभापति शेरबहादुर देउवाले वडास्तरीय प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्।

प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ स्थानीय तहमा विरोध गरिएको थियो।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...