यस्तो छ एमालेको विधान संशोधन प्रस्ताव (पूर्ण पाठ)

एमालेले आसन्न विधान महाधिवेशनमा पेस गर्ने विभिन्न प्रतिवेदनमाथि छलफल समूह बनाएको छ । शुक्रबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव छलफल गर्न समिति बनाइएको हो । सात प्रदेशसहित उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरू रहनेगरी १० वटा टोली बनाइएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

त्यस्तै महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। भोलि बिहान ११ बजे पुनः बैठक बसेर समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिनेछ। एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..