भारतबाट आएका ३ जनामा देखियो नयाँ प्रकारको कोरोना

p08sh5g6

p08sh5g6

सुदूरपश्चिममा भारतबाट आएका तीन जनामा नयाँ ‘भेरिएन्ट’ (प्रकार) को कोरोना संक्रमण पुष्टि भएको छ। कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले ती तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखाएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। उनका अनुसार केही दिनअगाडि कैलालीको त्रिनगर नाका भएर भारतबाट आएका २० जनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनीहरूमा देखापरेको कोरोना संक्रमण कुन भेरिएन्ट हो भनी परीक्षण गर्न स्वाब काठमाडौं पठाइएको थियो। संक्रमित अहिले होम आइसोलेसनमा बसेका छन्।

संक्रमितमध्ये दुई जना भारतको पन्जाब र एक जना सुरतबाट आएका हुन्। अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेको छ। भारतका केही सहरमा लकडाउन गरिएकाले नेपाली नागरिक धमाधम घर फर्किरहेका छन्। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पनि बढ्दो छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..