धृतराष्ट्रमा पुत्र माेह थियो, राष्ट्रपतिमा ओली मोह देखियो : वरिष्ठ अधिवक्ता दाहाल

वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीमा ओलीमोह देखिएको तर्क गरेका छन्। उनले राष्ट्रपतिले केपी शर्मा ओलीबाहेक अरु प्रधानमन्त्री बन्न पाउँदैनन् भन्ने हिसाबले काम गरेको आरोप लगाए। ‘राष्ट्रपतिले गरेकाे कार्य दुराशययुक्त छ। विद्यादेवी भण्डारी ओलीकाे मात्र होइन। ३ करोड नेपालीकाे राष्ट्रपति हाे’, दाहालले भने। प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका बहस गर्ने क्रममा उनले महाभारतमा धृतराष्ट्रमा पुत्र माेह देखिएजस्तै राष्ट्रपति भण्डारीमा ओलीमोह देखिएको बताएका हुन्।

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले सरकारका गलत सिफारिस राष्ट्रपतिले नसच्याउँदा अहिलेको अवस्था आएको आरोप लगाएका छन् । विगतमा सेनापति रुक्माङ्गद कटुवाललाई मन्त्रिपरिषद्ले कारवाही गर्दा तत्कालिन राष्ट्रपति रामवरण यादवले सच्याएको स्मरण गर्दै उनले अहिले भने ओली सरकारले जे सिफारिस गर्यो त्यसलाई आँखा चिम्लेर राष्ट्रपतिले सदर गरिदिँदा समस्या भएको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्धको काँग्रेस सभापति शेरबहादुर देउवालगायतको तर्फबाट संवैधानिक इजलासमा बिहीबार बहस गर्दै उनले मन्त्रिपरिषद्को गलत निर्णय नसच्याएर ‘राष्ट्रपतिलाई श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोजिएको हो ?’ भन्दै प्रश्न गरे, ‘हामीले राजा ज्ञानेन्द्रलाई हटाएर यो व्यवस्था ल्याएको होइन ?’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..