लुम्बिनी प्रदेशको नीति कार्यक्रम विपक्षी गठबन्धनद्वारा बहिस्कार

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम विपक्षी गठबन्धनले बहिस्कार गरेका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका प्रमुख सचेतक भने उपस्थित छन् । सरकारका तर्फबाट मुख्यमन्त्रीसहित मन्त्रीहरु उपस्थित छन् ।

प्रदेश सभाको बैठकमा अहिले प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । प्रदेशमा नेकपा एमालेको बहुमत नरहेको जानकारी गराउँदा पनि शंकर पोखरेललाई संविधानको धारा १६८ को उपदफा १ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट बनेका विपक्षी गठबन्धनले त्यसको विरोध गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा अनुपस्थित भएका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..