तस्करी र मिसिल परिवर्तनमा मुछिएको भन्दै दुई एसपीमाथि छानबिन सुरु

स्याउ तस्करीको बिषयमा सुनसरीका एसपी कमल थापामाथि छानबिन भइरहेको छ । सुनसरीको लौकही नाकाबाट तस्करी भएको चिनियाँ स्याउ केही दिनअघि भारतको बिहार राज्यको वीरपुरमा बरामद भएपछि एसपी थापामाथि छानबिन भइरहेको छ । १ हजार ३५० कार्टुन स्याउ तस्करी प्रकरणमा एसपी थापाकै मिलेमतो देखिएपछि उनी छानबिनमा तानिएका छन् ।

कोरोना महामारीका कारण निषेधाज्ञा लागू भएको अवस्थामा नेपालको बाटोबाट चिनियाँ स्याउ भारत तस्करी भएको बिषयलाई अख्तियारको इटहरी कार्यालयले गम्भीर रुपमा लिएको छ । कोरोना महामारीका कारण निषेधाज्ञा लागू गरिएको बेलामा नेपाली नम्बर प्लेटका ३ वटा ट्रकमा ३ हजार ३ सय ५० कार्टुन चाइनिज स्याउ भारतमा बरामद भएपछि एसपी थापा माथि छानबिन सुरु भएको स्रोतले बतायो।

लागूऔषध घटनामा मिसिल नै परिवर्तन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाट पनि छानबिनमा तानिएका छन् । ४ महिनाअघि २०७७ फागुन ८ मा धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागूऔषध नाइट्रोजन भ्याटसहित तीन जनालाई पक्राउ गरेको थियो ।

सो घटनामा एसपी रानाभाटले अवैध लाभमा मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको स्रोतले बतायो । उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो । अहिले उक्त छानबिन समितिले धनुषा गएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको उक्त स्रोतले बतायो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..