एनआईसी एशियाका दुई हाकिम राष्ट्रपतिबाट विभूषित

nic ceo and agm uzCZpJ5eIe

एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत वर्षको निर्णयबाट सिफारिस भएअनुसार राष्ट्रपतिबाट उक्त सम्मान प्रदान गरिएको हो । २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएको भए पनि कोरोना महामारीका कारण उक्त विभूषण आज राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहका बीच प्रदान गरिएको हो ।

राष्ट्रपति भण्डारीले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..