Hidden
भेनेजुएलामा निर्वाचित कम्युनिष्ट राष्ट्रपति मडूरोलाई समर्थन नगर्ने बाईडेनको संकेत
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले भेनेजुएलाका विपक्षी नेता हुवान गुवाइदोलाई मान्यता दिने भएको छ । हिजो मात्र बाईडेनले पद तथा गोपनियताको सपथ लिएका हुन् । चरम आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलामा राजनीतिक सङ्कट पनि थपिएको छ ।
अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले हुवान गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि त्यहाँको राजनीतिक सङ्कट झन् जटिल बनेको छ । ह्युगो चाभेजको मृत्युपछि राष्ट्रपति निर्वाचित मदुरोको यो दोस्रो कार्यकाल हो। मडूरो अमेरिका बिरोधी दक्षिणी अमेरिकी बामपन्थी नेता स्वर्गीय हृयुगो चाभेजका उत्तराधिकारी हुन् ।
तर उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ। चर्को मुद्रास्फीति, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्। राष्ट्रपति मदुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए। तर भेनेजुएलाका सैन्य फौजले मदुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका थिए।
मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका थिए । विदेशीको चलखेल गराएर गुआइदोले आफ्नो सत्ता हत्याउन खोजेको आरोप उनले लगाएका छन्। राष्ट्रसङ्घीय शरणार्थी नियोगका अनुसार केही महिनाअघि भेनेजुएलामा सङ्कट चुलिएपछि लाखौँ मानिसहरूले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको थिए।
बाईडेनले पनि ट्रम्पकै नीति अङ्गीकार गर्ने देखिएपछि उनको आलोचना सुरु भएको छ ।
प्रकासित मिति