संसद विघटनको विरोधमा नेविसंघ, कोटेश्वर क्याम्पसको जडिबुटीमा मसाल जुलुस

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोश्रो पटक गरेको संसद विघटनको विरोधमा देशभर निषेधाज्ञाका बाबजुत विरोध प्रदर्शन सुरु भएका छन् । आज नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपा र जनमोर्चाले ओलीको उक्त कदमको सामुहिक प्रतिवाद गर्ने निर्णय गरिसकेका छन् ।

नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालेको हो ।

संविधान बिपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जवरजस्त रुपमा संसद बिघटन गरेको उनीहरुको आरोप छ । उनीहरुले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । आजको मसाल जुलुसमा नेवि संघका क्याम्पस सभापति संजय बुढाथोकी लगायत सहभागी थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..