annapurna add

alialinews copyप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’

प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।’ उनले त्यसो भन्दा कार्यकर्ता हाँसेका थिए ।

कार्की ब्याङ्क्वेटमा जम्मा भएका केही सय कर्याकर्तालाई सम्बोधन गर्दै ओली समूहको अध्यक्ष समेत रहेका उनले भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’

संसद पुन:स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए । ओली आजै सशस्त्र प्रहरी बल को स्थापना दिवसमा पनि सहभागी भएका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...