ओलीको २४ घण्टे स्पष्टिकरणको समय सकियो : अझै पुगेन पत्र !

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय २४ घण्टा बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन। ललितपुरमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टाको समय दिएर माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए।

तर अध्यक्ष ओलीले गरेको उक्त प्रस्ताव अहिलेसम्म कार्यान्वयनमा आएको छैन। नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले देउवालाई विश्वासको मत दिने कुनै पनि सांसदलाई मंगलबारसम्म स्पष्टीकरण नसोधिएको बताएका छन्।

एमालेबाट विश्वासको मत दिनेमा सांसदहरुमा ओली पक्षीय प्रेम आले, हीराचन्द्र केसी, किसान श्रेष्ठ, पार्वती बिसङ्खे, कलिला खातुन, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन थिए। वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..