लच्किए ओली : अध्यादेश फिर्ता लिन तयार, बैठकमा सहभागी

oli trap meetप्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।  यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।

एकपछि अर्को घटनाक्रम विकसित भएपछि नेकपा स्थायी कमिटी बैठक बस्न ढिला भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक अगाडि भएका घटनाक्रमले बैठकको समयतालिका प्रभावित भएको छ । बैठक अगाडि सहमति जुटाउन भएका कोसिस पनि असफल बनेका छन् । बैठक रोकेर दुई अध्यक्षबीच दोस्रोपटक छलफल जारी छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..