बामदेवलाई ओलीको व्यङ्ग्य : लामै समयपछि आउनु भयो फेरि आयो, गयो नहोस् !

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई फेरि आयो, गयो नहोस् भन्दै व्यङ्ग्य गरेका छन्। नेकपा एमाले ब्युँतिएपछि पहिलोपटक बैठकमा गएका गौतमलाई ओलीले यस्तो व्यङ्ग्य गरेका हुन्।

गौतमलाई बैठकमा स्वागत गर्दै ओलीले भने, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ। यो फेरि आयो, गयो नहोस्।’ गौतम नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन्। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि उनी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षका कार्यक्रममा अनुपस्थित रहँदै आएका थिए।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बालुवाटारमा शुरु भएको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन। ओलीले पार्टीको एकता नै अहिलेको प्राथमिकता रहेको बताएका छन्।

उनले भने, ‘उहाँले एकतामा जोड दिएर हो चि मिन्हलाई उदृत गर्दै भन्नुभएको छ- पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता र तेस्रो आवश्यकता एकता।’ त्यसका लागि आफूले सार्थक पहल गरिरहेको र चाँडै परिणाम निस्किने अपेक्षा ओलीले गरेका छन्। सम्बोधनका क्रममा उनले भने, ‘आशा गरौं- छिट्टै यसले परिणाममुखी निकास निकाल्नेछ र नेकपा (एमाले) लाई एकताबद्ध रूपमा पुनर्स्थापित गर्नेछ।’

ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

ओलीले भने, ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू गएको लाजमर्दो अवस्था छ । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।’

ओलीले सर्वोच्च अदालतका पछिल्ला अदोशप्रति समेत असन्तुष्टि व्यक्त गर्दै यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको बताए । उनले भने, ‘हिजो आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ । तर, अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..