ओलीको पक्षमा बहस गर्न वरिष्ठ वकिलको खडेरी : देउवाको पक्षमा लस्कर

संवैधानिक इजलासमा शेरबहादुर देउवाको पक्षबाट बहसममा भाग लिन उभिएकी वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सोधे- ‘रिट निवेदकले ५ र ३ मिनेट त के समय छुट्याएको हो ? यो त इजलासलाई जिस्काएजस्तो भयो । यहाँ आएर उभिएर जाने हो ?’

वरिष्ठ अधिवक्ता भण्डारी शुरूमै बहस गर्न उभिएकी थिइन् र उनलाई १० मिनेट समय तोकिएको थियो । तर यो समय इजलासले होइन रिट निवेदक पक्षले नै तोकेको हो । विपक्षी गठबन्धनमा पाँच दल छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा । उनीहरूका आ-आफ्ना कानून व्यवसायी छन् ।

आकारमा माधव पक्ष सानो भए पनि नाम चलेका र प्रभावशाली वकिल माधव पक्षकै छन् । त्यसैले शम्भु थापाजस्ता वरिष्ठ अधिवक्ताले डेढ घण्टासम्म बहस गर्न पाए । यसपटक संवैधानिक इजलासले रिट निवेदक पक्षका वकिललाई १२ घण्टाभित्र बहस सक्न समय तोकेको थियो । ओलीको तर्फबाट संविधानविद् माधव बस्नेतलाई पनि बहस गरिदिन आग्रह भएको थियो, तर उनले मानेनन्,यसपटक बालकृष्ण न्यौपानेले पनि ओलीको पक्षबाट बहस गरेनन । लेबर ल पढेका महान्यायाधिवक्ता रमेश बडाल र पूर्वन्यायाधिवक्ता अग्नि खरेलहरुले नै धानिरहेका छन् ।

सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीको विपक्षमा बहस गर्ने वकिलहरुको भिडभाड देखिए पनि सत्तापक्षबाट बहस गर्ने वकिलहरुको भने चरम अभाव देखिएको छ । प्रधानमन्त्री ओलीको पक्षबाट बहस गर्न अधिकांशले नमान्दा सत्तापक्षलाई बहसकर्ताको अभाव देखिएको थियो । अदालतमा रिट निवेदकका तर्फबाट बहसका लागि नाम लेखाउने वकिलहरुको भीड कस्तो छ भन्ने बहस नोटमा रहेका २६२ जना वकिलहरुको सूची हेर्नुहोस् :

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..