माधव पक्षलाई एमालेमा फर्कन ओलीको दुई दिने डेडलाईन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, “अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?”

ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरे । “सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन,” उनले भने ।

एक दुई जना नेताहरूलाई वार्ताका नाममा लगाएर एमाले सिध्याउने काम भइरहेको उनेको भनाई छ । ओलीले भने, “एमाले हुनका लागि सही पनि एमाले, मै पनि एमाले हुनुपर्छ । एमाले पनि हुँ भन्ने अनि एमालेलाई सिध्याउन खोज्ने एमाले हुनै सक्दैनौँ ।”

एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन् । ‘एमाले र एमाले सकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन लागिपर्नु भएको छ,’ ओलीले भने, ‘यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दोलनका मैदानमा पनि जान पर्ने अवस्था आउन सक्छ ।’

आफूलाई त्यस्तो परिस्थित बन्दै गएको आभाष भइरहेको बताउँदै उनले सिङ्गो पार्टी पङ्क्तिलाई तयारीमा अवस्था राख्नुपर्ने जिकिर गरे । पार्टीको विभिन्न मोर्चामा रहेका नेताहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन ओलीले निर्देशनसमेत दिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..