Hidden
ओलीको संसद विघटन गर्ने कदम विरुद्ध बहस गर्दै ९५ वर्षका वकिल
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। बुधबार भएको सुनुवाइमा बहस गर्दै ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनताको वारिसको रूपमा रहेको संसदलाई प्रधानमन्त्रीले सकाएकोमा आफूलाई दु:ख लागेको बताए। 'प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचिएको छ,' उनले भने, 'छोरी कुटेर बुहारी तर्साउने काम ओलीले गरेका छन्। उनले पार्टीका मान्छेलाई देखाइदिन संसद विघटन गरे। संसदको के कसुर थियो?'
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद लाद्न जनताले दिएको सार्वभौम अधिकार मिचेको उनको तर्क छ। पार्टीको विवादमा ओलीले संसद सकाएको भण्डारीले बताए। मनमोहन अधिकारीले गरेको विघटनमा सर्वोच्चले गरेको व्याख्या पढ्न उनले इजलासलाई सुझाए। 'प्रधानमन्त्रीले काम गर्न दिइएन भन्नुहुन्छ काम गर्न नदिनेलाई कारबाही गर्न सक्नुहुन्छ नि,' उनले भने।
संसदलाई पाँच वर्ष काम दिनुपर्ने र प्रधानमन्त्रीले संसदको विश्वासमा काम गर्नु पर्ने उनले बताए।
प्रकासित मिति