संसद विघटन गर्दा सत्ताच्यूत भएका खड्गप्रसाद ओलीले बोलाए संसदीय दलको बैठक

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा बोलाइएको हो । गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि सत्ताच्युत भएका ओलीले पार्टीभित्रकै नेताका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ओली नेतृत्वको सरकारको विकल्पमा एमालेका माधव नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका थिए ।

ओलीले शुक्रबारको बैठकमा ओलीले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने सांसदहरुलाई कारवाही गर्ने सम्भावना रहेको एमाले नेताहरुले बताएका छन् ।

एमाले विवाद समाधानका लागि गठित १० सदस्सीय कार्यदलले आइतबार एकताका लागि १० बुँदे सहमति गरेपनि अहिलेसम्म स्थायी र केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । बरु आफ्नै पार्टीका २३ सांसदको निर्णायक भूमिकाले ओली सत्ताच्यूत भएका छन् ।

बुधबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले पार्टीमा नेपाललाई कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका थिए । यसअर्थमा शुक्रबार बस्ने दलको बैठकलाई चासोपूर्वक हेरिएको छ । नेपालपक्ष भने बैठकमा जाने वा नजाने भन्नेबारे निर्णय गरिनसकेको एक नेताले जानकारी दिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..