annapurna add

sadsdsdsdsdsdsd

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि प्रश्नको वर्षा गरेका छन् । प्रचण्डको प्रस्तावमाथि असन्तुष्टि पोखेका ओलीले प्रस्तावमार्फत जवाफ दिने क्रममा प्रश्नको वर्षा गर्दै सोचेका छन्, ‘कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ?

प्रचण्डले पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यस यताका समग्र समझदारी सोच विपरीत, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका सङ्कल्पका विपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पङ्क्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीत प्रस्ताव ल्याएको भन्दै ओलीले यसबाट देशैभरि चिन्ता फैलिएको उल्लेख गरेका छन् ।

ओलीले प्रचण्डको प्रस्तावबाट राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएको र आरोप पत्र हातमा बोकेर हिँड्न थालिसकेको बताएका छन् । उनले प्रचण्डलाई चुनौति दिँदै भनेका छन्, ‘तपाईंलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।’

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...