ओलीको प्रष्ट सन्देश : देउबाको पक्षमा हस्ताक्षर गर्ने एमाले हैनन् !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनका सन्दर्भमा फैसला आउँदासम्म जसको हस्ताक्षर शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती एमाले नरहने प्रष्ट पारेका छन् ।

केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले माधव नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? भनेर प्रष्ट बताइसकेको र यो कुरा नलुकेको बताए ।

बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ,, ती पार्टी कार्यकर्ता होइनन् ।’ फैसला आउँदा कित्ता छुट्टिसक्ने उनले बताए ।

ओलीले भने– जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..