Hidden
बामदेव, माधब र झलनाथले मेरो पहिलो सरकार ढाले : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको बताएका छन् ।
जिफन्टले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले २०७२ सालमा आफ्नो नेतृत्वमा बनेको सरकार माधव नेपालसहितका नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर ढालेको आरोप लगाएका हुन् ।
नेता नेपालले भने त्यतिबेला बजेट पारित भएपछि सरकार छाड्ने सहमति ओलीले कार्यान्वयन नगरेको बताउँदै आएका छन् । त्यतिबेलाको तीनबुँदे मौखिक सहमति कार्यान्वयन गर्न ओलीले इन्कार गरेको उनको तर्क छ ।
ओलीले तत्कालीन एमालेका नेताहरूकै कारण सरकार ढलेको बताएका हुन् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...