ओली समूहको स्थायी समिति बैठक बस्दै

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले आफू पक्षीय स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने भनिएको छ ।

यसअघि, प्रधानमन्त्रीका प्रेस सूर्य थापाले सर्वोच्चको निर्णय बावजुद प्रधानमन्त्रीले तत्काल राजीनामा नगर्ने जानकारी दिइसकेका छन् ।

अदालतको निर्णयले राजनीतिक समस्या हल नगर्ने ओली पक्षको तर्क रहेको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो ।

त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..