ओलीले बैठक रोक्न इन्कार गरेपछि फर्किए माधव पक्षिय कार्यदलका नेताहरु

नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न आग्रह गर्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरु तुलसीलाल प्रतिष्ठानमा पुगेका छन् । बैठक सुरु भएको करिब आधा घण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन् । तर ओलीले बैठक रोक्न ओलीले इन्कार गरेपछि कार्यदलका सदस्यहरु रित्तो हात फर्किएका छन् ।

‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने प्रश्नमा माधव पक्षका कार्यदलका संयोजक भीम रावलले भने, ‘हामी बैठक रोक्नका लागि आग्रह गर्न आएका हौँ ।’ रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य बैठक रोक्नु बैठक हलमा प्रवेश गरेका थिए ।

बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..