फागुन २८ को निर्णय फिर्ता लिएर जेठ २ मा फर्किन ओली सहमत : माधव नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले गत फागुन २८ को निर्णय फिर्ता लिई २०७५ जेठ २ को संरचनाअनुसार पार्टी सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली सहमत भएको बताएका छन्। उनले यो कुरा आज संघीय संसद भवनमा पत्रकारहरूसँग भनेका हुन्। आफूहरूको बटमलाइनअनुसार नै प्रधानमन्त्रीसमेत रहेका ओली अगाडि बढ्न चाहेको उनको भनाइ थियो।

गत फागुन २८ मा अध्यक्ष ओलीले महाधिवेशन घोषणा गरेका थिए भने विधान संशोधन पनि गरेका थिए। पार्टीभित्र देखिएका विवाद हल गर्न थप छलफल आवश्यकता पर्न सक्ने पनि उनले बताए। अध्यक्ष ओली र नेपाल बिहीबार चपलीहाइटमा छलफल गरेका थिए। ओलीले नेपालसहित उनी पक्षका चार नेतालाई गरेको निलम्बन फुकुवासमेत गरेका थिए।

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बूढानीलकण्ठ चपलीहाइटस्थित एक निजीनिवासमा चार घण्टा लामो वार्ता भएको थियो ।त्यसलगत्तै नेपाल पक्षले भन्दै आएको सामूहिक राजिनामा दिने योजनाबाट पछि हटेको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..