annapurna add

2021 01 22 JN

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री ओली साइबर स्यालका नेता भएको बताएका छन् । नेकपा प्रचण्ड-माधव नेपाल समूहद्वारा काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन । यसबाहेक ओलीसँग सेटिङ बाँकी रहेको नेता भुसालले बताए ।

भुसालले भने, “तपाईंका सेटिङका कारणले अदालतले तपाईंसँग डराएर तपाईंको पक्षमा निर्णय गर्छन् भन्ने सोच्नुभएको छ भने तपाईं हार्नुहुन्छ । सेटिङले काम जासुसी उपन्यासमा मात्रै गर्छ ।” उनले ओलीविरुद्धको निर्णायक संघर्ष गर्ने बेला भएको बताए ।

भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आउने चुनावमा दुईतिहाइ ल्याउने भनेको भएको सन्तानको हत्या गरेर नयाँ सन्तानका लागि पूर्णिमाको ब्रत बस्नु जस्तै भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आउने चुनावमा दुईतिहाइ ल्याउन प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएको प्रसंग उल्लेख गर्दै भुसालले त्यसो गर्नु भनेको हुँदाखादाको सन्तानको हत्या गरेर नयाँ सन्तानका लागि ब्रत गर्नुजस्तै भएको बताए।

उनले आफ्नै पक्षमा झण्डै दुईतिहाइ बहुमत भएको प्रतिनिधि सभा विघटन गरेर र पार्टी फुटाएर निर्वाचनमा जाने र दुईतिहाइ ल्याउने दाबी गर्ने ओलीको भनाइलाई त्यस्तो ब्रतसँग तुलना गरेका हुन्। ‘संविधान च्यातेर, पानीमा भिजाएर निर्वाचन हुन सक्दैन,’ उनले भने। उनले अहिले देशमा लोकतन्त्रवादीका सामु ओलीलाई पराजित गर्नैपर्ने अवस्था आइपरेको बताए।

‘अब मुलुकमा यात वामपन्थी र लोकतन्त्रवादीहरुको जित हुनुपर्छ या त ओलीको जित हुनुपर्छ,’ उनले भने, ‘त्यसैले अब हामीसामु ओलीलाई पराजित गर्नैपर्ने परिस्थिति बनेको छ।’ उनले शुक्रबारको विरोधसभामा उपस्थित जनसमर्थनले ओलीको पराजय सुनिश्चित भएको दाबी गरे। ‘अब ओलीसामु साइबर सेना नामक साइबर स्याल र सेटिङको प्रपञ्च मात्र सहारा बाँकी रहनेछन्,’ उनले भने। तर अहिलेको लोकतान्त्रिक व्यवस्थाका न्यायाधीशहरुले ओलीलाई साथ नदिने र त्यस्तो सेटिङले काम नगर्ने उनले बताए।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...