२०७५ जेठ २ को एमालेले नचिन्ने बादललाई बैठकमा इन्ट्री गराएर ओलीले के संकेत दिन खोजे ?

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल सहभागी भएपछि कार्यदल बन्न सकेन।

बैठकमा सहभागि एक नेताले भने, ‘बादलजीसँग अरू कुरामा केही असहमति होइन। २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनेबारे सहमति गर्ने कार्यदलमा उहाँलाई राख्न मिल्दैन।’ ‘आज कार्यदल सहितकै बैठक बस्ने भनिएको हो। कार्यदलमा रहने नेताको नाम समेत तय भइसकेको थियो,’ ।

नेपाल पक्षले २०७५ जेठ २ को कमिटिले एमाले प्रवेश गरेका बादल लगायतका नेतालाई नचिन्ने तर्क गर्दै आएका छन्। यद्यपि पार्टी प्रवेश गरेकालाई ठाउँ दिन सकिने उनीहरूको तर्क छ। तर ओलीले भने आफू निकटसँग बादल समूह बिनाको कुनै पनि बैठक नराख्ने बताउँदै आएका छन्।

शुक्रबारको बैठकमा बादललाई सहभागि गराउनुको पछाडि ओलीले त्यही सन्देश दिन खोजेको ओली निकट स्रोतको दाबी छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको थियो । तर, कार्यदल नबन्दै एमालेभित्र विवाद सुरु भएको छ ।

विहिवार भएको वार्ताका क्रममा ओली र नेपालले विवाद समाधानका लागि कार्यदल बनाउन सहमति गरे। तर सोही मागबारे छलफल गर्न तत्कालिन एमालेले नचिनेका रामवहादुर थापा ‘बादल’ माधब नेपालको सामुन्ने आए।

फागुन २८ गते अघिको एमालेमा ‘बादल’ थिएनन । तर, शुक्रवारको छलफलमा समेत वादल देखिएपछि ओलीको शैली नसुध्रीएको नेपालको निष्कर्ष छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..