annapurna add

pm oliपार्टीभित्रैको झगडा मिलाउन मन्त्रिपरिषद् हेरफेर र विस्तारका लागि दौडधुप बाक्लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी खेमाका दुई जना व्यक्तिलाई मन्त्रिपरिषद्मा राख्न खोज्नुभएको छ । मन्त्रिपरिषद्मा ६-७ जना मात्र हेरफेर गर्न पाए हुन्थ्यो भन्ने प्रधानमन्त्रीको चाहना देखिन्छ । अब विस्तार हुँदा २५ सदस्यीय हुने मन्त्रिपरिषदमा प्रचण्डले १० जना आफ्ना मान्छे खोजेका छन् । ओलीले हाल कायम रहेका वर्षमान पुन, लेखराज भट्ट र बसन्त कुमार नेम्वाङ्गको मत्रालय बिभाजन गर्न खोजेका छन् ।

पार्टी फुटको संघारमा पुग्दा आफूलाई सघाएका नेता टोपबहादुर रायमाझी र जनार्दन शर्मा प्रभाकरलाई ओलीले मन्त्री बनाउन खोजेको बुझिएको छ । यसो गर्दा केही मन्त्रीका पद धरापमा छन् । तीमध्ये भूमिव्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसमेत पर्नेछन् । ओलीले प्रचण्डकी बुहारी समेत रहेकी विना मगरलाई खानेपानी मन्त्रीबाट हटाउन चाहेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार