ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरे राजेन्द्र महतोको बचाउ

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको समर्थन नपाउनेहरूले उनको विवादास्पद अभिव्यक्तिको विरोध गरेको टिप्पणी गरेका छन्।

जनता समाजवादी पार्टीका नेता महतोले शुक्रबार मन्त्री पदको शपथ खानासाथ बहुराष्ट्रिय राज्य स्थापनाको वकालत गरेका थिए। त्यो अभिव्यक्ति संविधानविपरीत देश विखण्डनकारी भएको भन्दै व्यापक आलोचना भएको थियो। त्यस क्रममा एमालेकै माधव नेपाल समूह तथा विपक्षी दलहरूले विज्ञिप्ति नै जारी गरी घोर भर्त्सना गरेका थिए।

साथै उनले महतोको अभिव्यक्तिविरुद्ध विज्ञप्ति निकाल्नेहरूलाई ‘बुमेराङ’को संज्ञा दिएका छन्। ‘प्रायः नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने,तर दुई दिनमै गल्ती सच्याए,’ प्रेस सल्लाहकार थापाले आइतबार बिहान सामाजिक सजालमार्फत भनेका छन्, ‘महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यबाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्न लायक छ।’

हेर्नुहोस्, थापाको ट्विट :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..