ओलीको सपथ साढे २ बजे : मन्त्रिपरिषद आजै विस्तार हुने

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ । तीन वर्षपछि दोस्रोपल्ट प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहणका लागि राष्ट्रपति भवल शीतल निवासमा तयारी भइरहेको छ ।

गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अवेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । ओलीले आजै मन्त्रिपरिषद गठन गर्ने र केहि मन्त्रीहरुको सपथ गराइने बताइएको छ ।

अब  प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..