यी हुन् बाबुरामको नजरमा ओलीलाई फाल्नु पर्ने ४ कारण

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आजै विदाइ गर्नुपर्ने बताएका छन् ।

भट्टराईले त्यसमा चारवटा कारणहरू पनि प्रस्तुत गरेका छन् । आज बिहान ट्विट् गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

कोरोना नियन्त्रणमा असफल भएको, संविधानविपरीत संसद विघटन गरी दुई/तिहाईको जनमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरी लोकतन्त्र धरापमा पारेको र खोप तथा औषधि खरिदमा समेत भ्रष्टाचार गरेको भट्टराईले बताएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..