ओलीको भाषणमा माधवको कटाक्ष : राम्रो संस्कार चाहिन्छ, ओलीको बोली रेकर्ड गर्नुहोला !

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताए ।

उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’

ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..