ओली पक्षको स्थायी समिति बैठक बस्दै : माधव पक्षलाई कारबाहीको तयारी

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन् । बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गरेकी छन् । यो निर्णयको एमालेकै माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनका दलहरुले विरोध गर्दै आएका छन् ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीति र यसबीचमा माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय बैठकको एजेण्डा रहेको बताइएको छ । अध्यक्ष ओलीले माधव नेपाल पक्षको भूमिका क्षम्य नरहेको भन्दै कारवाहीको संकेत गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..