ओली स्वयम् उपस्थित एमाले बैठकद्वारा सरकारको उच्च प्रशंसा

नेकपा एमालले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको महाधिवशेन आयोजक कमिटी अन्तिम बैठककले माओवादी केन्द्रसँग पार्टी एकता हुनु पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने भएको छ ।

बैठकले पूर्वमाओवादीका चार नेतासहित ८ जनालाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता ज्ञवालीले पूर्वमाओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमझी, मणि थापा र एमालेकै रघुविर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय भएको जानकारी दिए ।

ज्ञवालीका अनुसार यसअघि महाधिवशेन आयोजक कमिटीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरेको कारबाही स्वतः निष्क्रिय भएको छ । बैठकले कोभिड नियन्त्रण गर्न सरकारले गरेको पहलको उच्च प्रशंसा गर्दै सबैलाइ खोप दिलाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ । साथै बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै थप प्रभावकारी भूमिका खेल्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा माओवादीका तर्फबाट स्थायी कमिटीमा आएका थिए। तर उनीहरु नेकपा विभाजनसँगै एमालेतिर लागेका थिए। उनीहरुलाई पनि समेटेर ओलीले नयाँ स्थायी कमिटी बनाएका हुन्। बैठकले केन्द्रीय कमिटीको बैठक असार १८ गतेलाई आह्वान गरेको छ। उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन् । बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गरेका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..