ओलीका वकिलले संसद पुन:स्थापना भएपनि भनेपछि……

प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधि सभा पुन:स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था नरहेको बताएका छन्। प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार बहस गर्दै वरिष्ठ अधिवक्ता गुरागाईंले सरकार बनेपनि विश्वासको मत पाउने अवस्था नदेखिएको जिकिर गरे। ‘सरकार बन्न सक्ने अवस्था छैन। बने पनि विश्वासको मत पाउने अवस्था देखिँदैन। दलभित्र द्वन्द्व छ। सभामुख र दलहरु फरक-फरक अवस्थामा छन्’ इजलाससमक्ष गुरागाईंले भने।

उनले संसद विघटन सरद हुनुपर्ने जिकिर गरे। सविधानको धारा ७६ को ५ अनुसारको प्रक्रियामा विवाद देखिएको र रिटमा राष्ट्रपतिलाई विपक्षी नबनाएको भन्दै उनले विपक्षी नबनाएको निकायका नाममा आदेश जारी हुन नसक्ने जिकिर गरे।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..