यसकारण ओलीको ‘अध्यक्ष’ पद प्रचण्डको हातमा

oli prachan.width 800शनिबारको सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा तयार गर्ने जिम्मेवारी कार्यकारी अध्यक्ष प्रचण्डलाई दिएको छ । सचिवालयले दिएको जिम्मेवारी लगत्तै अध्यक्ष प्रचण्ड एजेन्डा तय गर्न गृहकार्यमा जुटेका छन् । त्यसका लागि शनिबारको सचिवालय बैठकमा एकाएक समीकरणमा आएको परिवर्तनपछि असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले पहिलो छलफल गरेका छन् । नेता नेपालको समेत धारणा बुझेर प्रचण्ड सोमबारबाट स्थायी समितिका एजेन्डा तय गर्न जुटेको उनको सचिवालयका एक सदस्यले जनाएका छन् । त्यस क्रममा प्रचण्डले ओलीसँग समेत परामर्श गर्नेछन् । प्रचण्डले तय गरेका एजेन्डा २४ गते बस्ने सचिवालयमा छलफल गरेर स्थायी समितिमा लैजाने तयारी छ

वरिष्ठ नेता माधवकुमार नेपालले गत भदौमा पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने लिखित प्रस्ताव दर्ता गराएका थिए । उनले सचिवालयका निर्णयहरुप्रति असन्तुष्टि जनाउँदै सातबुँदे लिखित ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई एक पद छोड्न सुझाव दिएका थिए । एक व्यक्ति एक पदको कुरा अध्यक्षबाटै लागू गर्नुपर्ने नेता नेपालको नोटअफ डिसेन्टमा उल्लेख छ ।

त्यस्तै पार्टी विधानअनुसार पार्टी सञ्चालन नभएको, एकतालाई अनावाश्यक रूपमा लम्ब्याएको, पार्टी एकतापछि नेता कार्याकर्तामा आएको उत्साहमा पानी हाल्ने काम गरेको लगायतका आरोप अध्यक्षमाथि लगाएका थिए । अब बस्ने स्थायी समिति बैठकमा एक व्यक्ति एक पदबारे ठोस परिभाषा गर्दै निर्णय भए ओलीले अध्यक्ष र केही मुख्यमन्त्रीहरुले राजीना समेत गर्नुपर्ने अवस्था आउने देखिएको छ । शनिबारको सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा तयार पर्दा प्रचण्डले एक व्यक्ति एक जिम्मेवारीको खाका कोरे भने ओलीले अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने हुन्छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..