सरकार ! सबै लैजा एक सिलिन्डर अक्सिजन दे !

सरकार !
तेरो पानीजहाज लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट- सिटी लैजा
समृद्धिको भेल लैजा
तेरो उद्घाटन लैजा, शिलान्यास लैजा
पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा
मेरा बाको औंठी लैजा, घडी लैजा
मेरी आमाको तिलहरी लैजा
सरकार !
यी सबैको बदलामा तैंले
मलाई एक सिलिन्डर अक्सिजन दे !

-प्रस्तुत कविता कवि अर्जुन पराजुलीको फेसबुकबाट साभार गरिएको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..