बझाङकी पवित्रा गुर्धामी काठमाडौमा मृत फेला, आफन्तद्धारा ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता

बझाङ केदारस्युँ गाउँपालिका ०५ की २३ वर्षिया पवित्रा गुर्धामी काठमाडौ महानगरपालिका ०७ भत्केकोपुल स्थित हेरिटेज बोर्डिङको एउटा कोठामा मृत फेला परेकी हुन् ।

पवित्राका आफन्तहरुले घटना आत्महत्या नभएर हत्या भएको दाबी गरि रहेकाछन् ।

यसैबीच मृतक पवित्राका दाजु कृष्ण बहादुर गुर्धामीले बिहिबार महानगरिय प्रहरी वृत गौशालामा जाहेरी दर्ता गरेका छन् । पवित्राले आत्महत्या नगरेको भन्दै आवश्यक छानबिनको माग गरेर कृष्णले ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका छन् ।

मृतकका आफन्तले दर्ता गरेको जाहेरीमा उनि कार्यरत हेरिटेज स्कुललाई प्रतिपक्ष बनाइएको छ । पवित्राको शब पोस्टमार्टमको लागि त्रिबी शिक्षण अस्पतालमा राखिएको छ । पवित्राको शब घटनास्थलबाट उठाउनुभन्दा पहिले आफुहरुलाई कुनै जानकारी नै नगराई पोस्टमार्टमको लागि लगिएको आफन्तहरु बताउँछन् ।

बिहीबार मृतक पवित्राका आफन्त तथा अगुवाहर जाहेरी दिन दिउँसो १ बजे गौशाला प्रहरी वृतमा पुगेका थिए । प्रहरीले सुरुमा जाहेरी लिन नमानेपछि मृतकका आफन्त र प्रहरीबीच सामान्य विवाद समेत भएको थियो । मृतकका आफन्तहरुको करिब २० जनाको समुह सुरुमा पवित्राले आत्महत्या गरेको भनिएको विद्यालयमा पुगेका थियो ।

विद्यालय परिसरमा पुगेको समुहले केहीबेर नाराबाजी गरेको र विद्यालयमा समेत ढुगां प्रहार गरेको गौशाला प्रहरीले बताएको छ । उक्त समुहले प्रहार गरेको ढुंगाबाट विद्यालयको एउटा झ्यालमा क्षति पुगेको प्रहरीले जानकारी दियो । पवित्राको शब घटनास्थलबाट उठाउनुभन्दा पहिले आफुहरुलाई कुनै जानकारी नै नगराई पोस्टमार्टमको लागि लगिएको आफन्तहरु बताउँछन् ।

मृतकका आफन्त तथा अगुवा प्रताप गुर्धामी भन्छन्, ‘पवित्राको शब उठाउनुभन्दा पहिले हामीलाई जानकारी गराउनु पर्थ्यो । मलाई पनि शबको मुचुल्का उठाईसकेपछि जानकारी आयो । घटना शंकास्पद छ । हामीलाई जानकारी नै नगराई कसरी मुचुल्का उठाईयो? प्रहरीले त्यसरी मुचुल्का उठाउन मिल्दैन । प्रहरी र विद्यालयका प्रधानाध्यापकले सुनियोजित तरिकाले घटनालाई दबाउन खोजेकाछन् ।’

यता प्रधानाध्यापक राजेश लिम्बु भने पवित्राले आत्महत्या नै गरेको बताउँछन् । उनि भन्छन्, ‘विद्यालयमा होस्टेल सञ्चालन गर्ने तयारीमा थियौँ । कक्षा १० का विद्यार्थीलाई होस्टेल मै राखेर पढाउने तयारी भएकाले हामीले पवित्रालाई फोन गरेर बोलाएका हौँ । यता आउने वित्तिकै यस्तो गर्छिन भन्ने के थाहा थियो र । सायद हाम्रो दुःख पाउने भाग्य रहेछ ।’

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..