पद्मरत्न तुलाधरकी छोरी सहित ११ देशका लागि राजदुत सिफारिस

सरकारले ११ देशमा राजदूत नियुक्ति गर्न लागेको छ। परराष्ट्र मन्त्रालयले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, अस्ट्रिया, इजिप्ट, रुस, म्यान्मार, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि नयाँ राजदूत सिफारिस गरेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार दक्षिण कोरियाका लागि त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) मा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा, अस्ट्रेलियाका लागि बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजक सुम्निमा तुलाधर, श्रीलंकाका लागि तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसका राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल राजदूतमा सिफारिस भएका छन्।

यसैगरी अस्ट्रियाका लागि परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ राजदूतमा सिफारिस भएका छन्। यसैगरी रुसका लागि रुसी भाषाका ज्ञाता एवं काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत जंगबहादुर चौहान, म्यान्मारका लागि झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला र बहराइनका पूर्वमन्त्री युवराज कार्की राजदूतमा सिफारिस भएका छन्।

ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरेबियाका लागि मेराज मुसलमान राजदूतमा सिफारिस भएका छन्।

नेपाल पाल्पाका पूर्वसांसद हुन्। मेराज मुसलमान नेकपा एमालेनिकट मुस्लिम संगठनका पूर्वअध्यक्ष हुन्। अस्ट्रेलियामा यसअघिका राजदूत महेशराज दाहाललाई कार्यकाल डेढ वर्ष नबित्दै गत साता मात्रै फिर्ता बोलाइएको थियो। उनको स्थानमा नियुक्ति गर्न लागिएको सुम्निमा तुलाधर वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..