पञ्चकन्या गाउँपालिकामा बृद्ध भत्ताको ५३ लाख चोरी काण्ड मन्त्रालय पुग्याे !

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई मन्त्रालयमा तानिएको छ ।

याे पनि….

सञ्चारमाध्यम र पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पञ्चकन्या गाउँपालिकामा बृद्ध भत्ताको ५३ लाख चोरीमा प्रमुख र प्रशासकीय अधिकृतको मिलेमतो

सामाजिक सुरक्षा भत्ता वितरणका लागि सदरमुकाममा रहेको हिमालयन बैंकबाट वडा कार्यालयका सचिव सरिता रावतसहितका तीन जना कर्मचारीले झिकेर लगेको ५० लाख र वडा कार्यलयमै भएको तीन लाख समेत गरी ५३ लाख मात्र गायब बनाइएन,कार्यालयको सीसी क्यामेरा समेत गायब बनाइएको प्रकरणमा सो गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई सिंहदरबारमा तानिएको हो ।

गत चैत्रमै खाताबाट निकालेर गायब गरिएको सो प्रकरण झण्डै दुई महिनासम्म गुपचुप राखिएको थियो ।

नुवाकोट जिल्ला अदालतले वडा सचिव रावतलाई ३ लाख र अन्य २ कर्मचारीलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाडेपछि यो प्रकरण सिंहदरबारसम्म आइपुग्यो ।

पछि यो प्रकरण अदलात,सिआइबी हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्म पुग्यो । मन्त्रालयले यो बिषयमा पुडासैनीसँग स्पष्टीकरण माग्यो ।

बैंकिङ प्रणालीमा नगई,मापदण्ड विपरित सामाजिक सुरक्षा भत्ता निकालिएको र गोलमाल गरिएको बिषयमा चित्तबुझ्दो जवाफ पेश गर्न नसकेपछि अनुसन्धानको सुँई उनै प्रमुख प्रशासकीय अधिकृततिर सोझिएको हो । स्पष्टीकरण सोध्दा पुडासैनीले चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न सकेनन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..