पञ्चकन्या गाउँपालिकामा बृद्ध भत्ताको ५३ लाख चोरी काण्डकाे असुसन्धान गर्न विप्लवकाे माग

जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं २ मा सामाजिक सुरक्षा भत्ता चोरी भएको घट्नाको असुसन्धान गर्न नेपाल कम्युनिस्ट पार्टी (विप्लव) नुवाकोटले माग गरेको छ ।

याे पनि….

ञ्चकन्या गाउँपालिकामा बृद्ध भत्ताको ५३ लाख चोरी काण्ड मन्त्रालय पुग्याे !

सञ्चारमाध्यम र पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पञ्चकन्या गाउँपालिकामा बृद्ध भत्ताको ५३ लाख चोरीमा प्रमुख र प्रशासकीय अधिकृतको मिलेमतो

सामाजिक सुरक्षा भत्ता वितरणका लागि ल्याईएको रकम ५० लाख र करबाट प्राप्त रकम ३ लाख सहित ५३ लाख रुपैया गत २०७७ चैत्र २४ गते राती चोरी भएको थियो ।

सो घट्नाप्रति आफनो ध्यानाकर्षण भएको बताउँदै नेपाल कम्युनिस्ट पार्टीले यदि छानविन नगरी रकम चोरीको बहानामा भ्रष्ट्राचारलाई प्रसय दिने काम गरिए जनकार्वाही गर्ने चेतावनी दिएको छ ।

नेकपाका नुवाकोट जिल्ला इन्चार्ज विन्दु र सेक्रेटरी सृजनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त चोरीको घट्नामा संलग्नहरु अहिलेसम्म पनि पत्ता नलागेको र घटनाको अनुसन्धानलाई प्रभावित पार्ने खालका क्रियाकलाप भईरहेकोले उक्त कार्य बन्द गर्न तथा घटनाको सत्य, तथ्य पत्ता लगाई दोषी उपर कार्वाही गर्न माग गरेका छन् ।

नेकपाले जारी गरेको प्रेस विज्ञप्तिमा त्यहाँ बृद्ध, अपाङ्ग, असहाय, एकल महिला लक्षित भत्ता चोरी भएको र उक्त घटनाको अनुसन्धान प्रभावीत गर्ने काम भएकोमा आपति जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..