पाँचथर समाज काठमाडौंद्वारा स्वाथ्य सामग्री हस्तान्तरण

दुर्गा खनाल ,जेष्ठ २६, फिदिम । पाँचथर समाज, काठमाण्डौ नेपालले पाँचथरका स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

समाजले जेष्ठ २७ गते सदरमुकाम फिदिममा एक कार्यक्रमको आयोजना गरी १३ लाख २६ हजार पाँच सय रुपैँया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कोभिड १९ महामारी बिरुद्धको ‘पाँचथरेली बचाऔँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गरेको थियो ।
जिल्लाका ७ वटा गाँउ पालिकालाई एक एक थान अक्सिजन कन्स्ट्रेटर सहितका स्वास्थ सामग्री वितरण गरिएको हो ।पाँचथर समाजले गाँउपालिकाहरुलाइ अक्सिजन कन्स्ट्रेटर, दुई÷दुई थान अक्सिमिटर सहित एन्टिजेन किट, पीपीइ र मास्क लगायतका सामग्री वितरण गरेको हो ।

फिदिम नगरपालिकालाइ भने अक्सिजन कन्स्ट्रेटर वाहेकका सामग्री मात्रै उपलव्ध गराइएको छ ।

सदरमुकाममा भन्दा ग्रामिण क्षेत्रमा स्वास्थ्य सामग्रीको अभाव भएकाले फिदिमलाइ अक्सिजन कन्स्ट्रेटर नदिइएको सामग्री खरिद समितिका संयाेजक तथा समाजका सदस्य निर्मल रिजालले जानकारी दिनुभयो।

विभिन्न दातासँग सहयोग लिएर खरिद गरिएका सामग्रीहरु समाजका सचिव भूमिका नेम्वाङ र रिजालले स्थानीय तहका प्रमूख तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन ।

‘दाताहरुको सहयोगबाट १८ लाख १७ हजार एक सय पाँच रुपैँया संकलन भएको थियो,’ संयाेजक रिजालले भने ‘जसमध्ये १३ लाख भन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री पाँचथरका स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।’

हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ , प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल, युवा समाजसेवी निश्चल रिजाल सहित सरोकारवालाहरुको उपस्थिति थियो ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..