‘हेलमेट लगाउनुस्’ भन्दा पूर्व युवराज पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् ।

शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो ।

तर, शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई दुर्व्यवहार गरे । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए ।

हेलमेट ल्याएपछि उनलाई सम्झाएर पठाइएको काठमाडौँका एसएसपी अशोक सिंहले  बताए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..