रिट निवेदक पक्षको बहस सकियो, सभामुखका वकिलले एक घण्टा समय पाउने

प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकतर्फको बहस सकिएको छ। आइतबार रिट निवेदक पक्षका केही कानुन व्यवासायीले बहस गरेसँगै अब सभामुख र सरकारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस बाँकी छ। जेठ ७ गते मध्यरातमा काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीश संलग्न सवैधानिक इजलासमा बहस चलिरहेको छ।

रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै आइतबारको बहस पनि सकिएको हो। अब सोमबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरूलाई एक घण्टा समय दिएको छ।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले सभामुखका कानुन व्यवसायीलाई एक घण्टा समय दिने बताएपछि महान्यायाधिवक्ता रमेश बडालले प्रश्न उठाएका थिए। उनले छुट्टै समय व्यवस्थापन गर्न भने। जवाफमा प्रधानन्यायाधीश राणाले सरकारी पक्षलाई बहसका लागि १४ घण्टा दिने बताए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..