संसद विघटनको मुद्धा : इजलासमा वरिष्ठहरुलाई नै निरन्तरता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यााधीशहरुको इजलास तोकेका छन्। यसअघि सोमबार पेशी तोकिएको हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सन्चो नभएपछि स्थगित भएको थियो। मंगलबार पनि प्रधानन्यायाधीश राणा अदालत उपस्थित हुन सकेनन्।

आइतबारपछि सुनुवाइ हुन नसकेको यो मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीशले बुधबारका लागि पेशी तोकेका थिए। त्यसका लागि उनले दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई संलग्न इजलास तोकेका हुन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..