माधव पक्ष एमाले सहित ५ दलको संयुक्त बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर फेरि प्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन आज (शनिबार ) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित ५ विपक्षी दलको संयुक्त बैठक बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा अगाडि बढ्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

अहिले बिहान ११ बजे बानेश्वरस्थित संसद् भवनमै कांग्रेस, माओवादी केन्द्र, एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्ने लागेको हो।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..