annapurna add

Parbat Gurung

नेकपाका दोस्रो तहका स्थायी समिति सदस्यहरु पार्टी एकता जोगाउन शीर्ष नेतालाई दवाव दिने अभियानमा नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी समूहको प्रतिनिधित्व हुनेगरी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकट तेस्रो तहका नेताहरु दवाव अभियानमा संगठित भएका हुन् । तत्कालीन एमालेबाट जनजाती पृष्ठभूमिका नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेताहरुले विभाजनको कोशिस गर्दा पनि गुरुङसहित, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, यज्ञराज सुनुवारलगायतका नेताहरुले एकताको पक्षमा दवाव अभियान चलाएका थिए ।

बैठकमा पूर्व एमालेबाट मन्त्री गुरुङसहित केन्द्रीय सदस्य तथा सांसदहरु गणेश पहाडी, खिमलाल भट्टराई, यज्ञराज सुनुवार, लिलानाथ श्रेष्ठ, झपट रावललगायत छन् भने पूर्व माओवादी समूहबाट टेकबहादुर बस्नेत, सुरेश राई, कमला रोक्का, श्याम श्रेष्ठलगायत छन् । अहिलेसम्म दुवै समूहबाट दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य तथा सांसदहरु समेटिएका छन् ।

महिला बालबालिका समाजकल्याण तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको संयोजन र नेतृत्वमा तेस्रो तहका नेताहरुको शनिबारको बैठकले सातवटै प्रदेशमा एकताका लागि दवाव अभियान चलाउने निर्णय गरेको छ । मन्त्री गुरुङले पार्टीको सम्भावित विभाजनलाई रोक्न यस्तो दवाव अभियान शनिबारबाटै सुरू गरी क्रमश : सातवटै प्रदेशमा भेला र बैठक तीब्र बनाइने पनि जनाएका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...