चौलागाईंको उपचारमा अस्पतालले लापरबाही गरेको परिवारको आरोप

दुई दिन अगाडी निधन भएका नेकपा एमालेका प्रभावशाली नेता पशुपतिको चौलागाईंको उपचारमा अस्पताल जिम्मेवार नबनेको परिवारले आरोप लगाएको छ । चौलागाईंका कान्छा भाई हेमन्त चौलागाईंले आज बिहान एक लामो फेसबुक स्टाटस राख्दै अस्पतालको भूमिका प्रति निन्दा ब्यक्त गरेका हुन् । चौलागाईंको समेत शेयर रहेको मनमोहन अस्पतालमा तुलनात्मक रुपमा राम्रो उपचार होला भन्ने अपेक्षा सहित त्यहि लगिएको तर उपचारमा अस्पतालले लापरबाही देखाएको परिवारले आरोप लगाएको हो ।

कान्छा भाई हेमन्तले सुबिधासम्पन्न अस्पतालमा सर्ने कुरा गर्दा गर्दै ज्यान गएको बताए । अस्पतालका अध्यक्षलाई कयौं पटक फोन गर्दा नउठाएको हेमन्तले बताए । उपचारमा अस्पतालले कम प्राथमिकता दिएको र लापरबाही गरेको उनले बताएका छन् । चौलागाईंले आफ्ना दाजुको उपचारमा सन्देह प्रकट गरेपछि जिल्ला स्थित नेता तथा कार्यकर्ताले पनि निश्पक्ष छानबिनको माग गरेका छन् ।

चौलागाई दोलखाबाट निर्वाचित प्रदेश सभा सांसद पनि हुन्। चौलागाईं दुई पटक प्रतिनिधि सभा सदस्य तथा दुई पटक एमालेको पोलिटब्युरो सदस्यमा निर्वाचित जनप्रिय नेता हुन् । चौलागाईं युवा संघका पुर्व अध्यक्ष समेत हुन् ।

नेकपा एमालेले प्रदेश सभा सदस्य तथा पोलिटब्युरो सदस्य पशुपति चौलागाईको निधनमा तीन दिनसम्म आधा झण्डा झुकाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ । केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिन आधा झण्डा झुकाउने र शोक पुस्तिका राखिने भएको हो । यसअघि मनमोहन अस्पतालमा अमृत बोहोराले पार्टीको झण्डा र सन्चारमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । चौलागाईको बुधवार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..