सहिद सप्ताह सुरु : पाटन क्याम्पसमा श्रद्धान्जली सभा तथा सम्मान कार्यक्रम

153588923 3901962869862664 121791829992299357 o

153588923 3901962869862664 121791829992299357 o

तत्कालीन नेकपा (माओवादी) द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले मारिएका दिलबहादुर रम्तेलको २६औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । आजभन्दा २६ वर्ष अगाडि गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा पढ्ने ११ वर्षीय विद्यार्थी रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको रुपमा सम्मान गर्दछ ।

आज पाटन क्याम्पसमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय नेताको उपस्थिति रहनेछ । कार्यक्रममा सहिद रम्तेलको सम्झना र योगदानको चर्चा गरिने छ । कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवारका सदस्यलाई सम्मान गरिने अनेरास्ववियूका नेता पवन कार्कीले जानकारी दिए ।

रम्तेल मारिएको फागुन १४ र झापा आन्दोलनमा लागेकाहरुलाई नियन्त्रणमा लिएर सुखानीको जंगलमा हत्या गरिएको दिन फागुन २१ गते एक सातासम्म तत्कालीन माओवादीहरुले ‘बलिदान दिवस’को रुपमा मनाउने गर्दछन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..