annapurna add

Prachanda1asasa

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसकेको बताएका छन्। तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको प्रचण्डले बताए। आज काठमाडौंमा प्रदर्शनपछि आयोजित सभामा भने, ‘यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं।’

उनले प्रधानमन्त्री ओलीले पार्टी निर्णय र विधानसमेत नमानेको उनले बताएका थिए। आफूहरूले ओली प्रवृत्ति सच्याउन नसकेकेको उनको भनाइ थियो। ओलीलाई तह लगाउन नसकेपछि आफूहरू जनतामा आएको प्रचण्डले बताए। उनले प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेको बताएका छन्। ‘अब जनता जागिसके, सुत्नेवाला छैनन्,’ उनले भने, ‘प्रतिगमनविरूद्ध सबै जनता खडा भइसकेका छन्।’

उनले कर्मचारीलगायत एउटा मानिसलाई छोएर देखाउन पनि ओलीलाई चुनौती दिएका छन्। प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा मात्र नभई अब उनले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको बताएका छन्।

‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ शुक्रबार सो पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’

अहिले ६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभाको असंवैधानिक कदमको विरोध गरेको उनले बताए। उनले अहिले देशका बिभिन्न भाग र काठमाडौंमा उर्लेको जनसागरलाई अदालतले पनि हेरेको उनले बताए।

प्रचण्डले छिट्टै जनताको सरकार आउने बताएका छन्। उनले कर्मचारी लगायतलाई आफूहरूको आन्दोलनमा नजान भन्दै सरकार र सरकारका मानिसहरूले धम्की दिने गरेको पाइएकोले त्यसो भएमा जनताको सरकारले कारवाही गर्ने बताएका छन्।

‘साइबर स्यालहरूले कर्मचारी लगायतलाई आन्दोलनमा नजान भनेका छन्। एउटा कर्मचारीलाई छोएर देखाउन चुनौती दिन्छु,’ आज काठमाडौंमा प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनताको सरकार छिट्टै आउँछ।’

उनले ओलीलाई तह लगाउन आफूहरूले नसकेर जनतामा आएको पनि बताएका छन्। ओलीले आफूलाई सिध्याउने र माधव नेपालसँग फाटो ल्याउने कोशिस गरिराखेको उनले बताए। उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहने पनि बताएका छन्। ‘देशलाई बर्बाद हुने बाटोमा कसैले पनि भूमिका नखेलौं,’ उनले भने, ‘कसैले पनि अराजकताको साक्षी बस्ने छैनन् भन्ने विश्वास गर्दछु।’ ओलीले संविधान भत्काएको पनि प्रचण्डको भनाइ थियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...