एक वर्षमा १५ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धी

नेपाल आयल निगमले चालु आर्थिक वर्षमा १५ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य कुल १८ पटक समायोजन हुँदा ३ पटक मूल्य घटेको थियो । वर्षदिनमा १५ पटक मूल्य बढाउँदा पनि निगमले ‘घाटामै रहेको’ दाबी गर्न छाडेको छैन ।

मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १२ रूपैयाँ कायम भएको छ । मंगलबार नै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रूपैयाँ वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ प्रति १ हजार लिटर १९ डलरले बढेर ७ सय ५४ डलर मूल्य कायम भएको छ ।

कहिले-कहिले बढ्यो पेट्रोलियममा पदार्थको मूल्य ?

१) २०७७ साउन १७ गते – पेट्रोल प्रतिलिटर १ सय २ रूपैयाँबाट मूल्य वृद्धि भएर १ सय ४ रूपैयाँ तथा डिजेल र मट्टितेल ८८ रूपैयाँबाट मूल्य वृद्धि भइ ९० रूपैयाँ ।

२) साउन ३२ गते – पेट्रोल प्रतिलिटर १ सय २ रूपैयाँबाट मूल्यवृद्धि भएर १ सय ५ रूपैयाँ तथा डिजेल र मट्टितेल ९० रूपैयाँबाट ९१ रूपैयाँ ।

३) भदौ १६ गते – पेट्रोल प्रतिलिटर १ सय ५ रूपैयाँबाट मूल्यवृद्धि भएर १ सय ७ रूपैयाँ ।

४) मंसिर २७ गते – पेट्रोल १ सय ७ रूपैयाँबाट १ सय ८ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्यवृद्धि भई प्रतिलिटर ८९ बाट ९० रूपैयाँ।

५) २०७७ माघ ५ गते – पेट्रोल १ सय १० रूपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९१ रूपैयाँबाट मूल्यवृद्धि भई प्रतिलिटर ९३ रूपैयाँ ।

६) माघ २८ गते – पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० बाट १ सय १२ रूपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३ रूपैयाँबाट ९५ रूपैयाँ, ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय रूपैयाँ ।

७) फागुन ४ गते – पेट्रोल १ सय १४ रूपैयाँ, डिजेल र मट्टितेल ९७ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो । सो समय हवाइ इन्धनको ६५ रूपैयाँ प्रतिलिटरबाट मूल्यवृद्धि भई ६७ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो ।

८) फागुन १७ गते – पेट्रोल १ सय १६ रूपैयाँ, डिजेल र मट्टितेल ९९ रूपैयाँ प्रतिलिटर पुगेको थियो । आन्तरिक हावइ इन्धन प्रतिलिटर ६७ रूपैयाँबाट ७२ रूपैयाँ प्रतिलिटर ।

९) २०७७ चैत ३ गते – पेट्रोल १ सय १८ रूपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १ सय १ रूपैयाँ, आन्तरिक हावइ इन्धन प्रतिलिटर ७४ रूपैयाँ ।

१०) २०७७ चैत २२ गते – पेट्रोल १ सय २० रूपैयाँ, डिजेल र मट्टितेल १ सय ३ रूपैयाँ ।

११) २०७८ बैशाख ४ गते – पेट्रोल प्रतिलिटर १ सय २१ रूपैयाँ, डिजेल र मट्टितेल १ सय ३ रूपैयाँ नयाँ मूल्य कायम।

१२) जेठ २ गते – पेट्रोलमा १ रूपैयाँ तथा डिजेल र मट्टितेलमा २÷२ रूपैयाँ मूल्यवृद्धि भई पेट्रोल प्रतिलिटर १ सय २३ रूपैयाँ तथा डिजेल र मट्टितेल १ सय ६ रूपैयाँ नयाँ मूल्य कायम । त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँ वृद्धि भई ७८ रूपैयाँ मूल्य कायम ।

१३) जेठ २२ गते – पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँले वृद्धि भएको थियो । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २५, डिजेल तथा मट्टितेल १ सय ८ र आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८० रुपैया कायम।

१४) असार ९ गते – पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँले वृद्धि। नयाँ मूल्य अनुसार पेट्रोल १ सय २७, डिजेल तथा मट्टितेल १ सय १० र आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८२ रुपैया ।

१५) असार २२ गते – पेट्रोल, डिजेल, मट्टितेल प्रतिलिटर २÷२ रूपैयाँ मूल्यवृद्धि । ग्यासमा प्रतिसिलिन्डर २५ रूपैयाँ, आन्तरिक हवाइ इन्धनमा २ रूपैयाँ वृद्धि । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २९, डिजेल तथा मट्टितेल १ सय १२, ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय २५, आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८४ रूपैयाँ पुगेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..