फाेन पे काे ब्रह्मलुट…!

मिति २०७८ असाेज १५ गते। बिहान ११:३० बजे तिर बिराटनगर विमानस्थलमा यति एयरलाइन्सकाे काउण्टरमा पुगेँ। यति एयरलाइन्सका सुपरभाइजर अशाेक कुमार चाैधरीसँग भएको पुर्व सम्वाद अनुसार तत्काल नै टिकट र बाेर्डीङ पास लिन लाग्दा “सर भुक्तानी भएको छैन कसरी बाेर्डीङ पास दिनु?” भनेर भन्दा म त जिल्ल परेँ। फाेन पे मार्फत् यति एयरलाइन्सकै डेस्कमा रहेको बारकाेड स्क्यान गरेर भुक्तानी गरेको थिएँ।

तर केही समय कुर्दा पनि भुक्तानी नभएको जानकारी गराएर साे उडानमा मलाई उड्न बाट वञ्चित गरियो। पुनः अर्को उडानका लागि केही समय कुर्नुपर्ने देखियो। केही समय कुर्दा पनि मेरो भुक्तानी नभएपछि मलाई तनाव भयो। अशाेकसँग गरेको पूर्व वार्ताको आधारमा नगद बाेकेकाे थिइँन। के गर्ने भनेर छट्पटी भयो। तुरुन्तै ए टी एम मा गएर नगद निकालेर पुनः नगद तिरेपछि टिकट भयो। केही समय कुरेर अर्को उडान भरियाे। तत्कालै मेरो खाता भएको बैंककाे शाखा प्रबन्धकसँग साेधेँ।

मेरो एपले नै नगद घटेको देखाइसकेकाे थियोे। शाखा प्रबन्धकले साे कुराकाे थप पुष्टि गरिदिए। त्यसपछि उड्नु अगाडि नै फाेन पे मा फाेन गरेर सबै जानकारी गराएँ। फाेन पेकाे बारकाेडबाट भुक्तानी गर्दा मेरो खाताबाट भएको भुक्तानीकाे सम्पूर्ण विवरण सहित जे मसँग तत्काल उपलब्ध थियो साे काे “स्कृन सट” लिएर उनीहरूले भने बमोजिम तुरुन्तै इ-मेल पनि गरिदिएँ। यस्ता वित्तीय संस्थाले गरेका संगठनात्मक भ्रष्टाचार एवम् घाेटालाहरूकाे बारेमा सुनेकाे पनि र केही भाेगिरहेकाे पनि थिएँ।

याे फाेन पे बाट पहिले पनि यस्तो झण्झट पटक पटक व्यहाेरीसकेकाे थिएँ। फुडमाण्डु, कलकल, वेकरी क्याफे र अन्य केही संस्थामा मैले गरेको भुक्तानी पाइँन भनेर लामो समय सम्म तिनिहरूले मलाई साेधिरहे। तर मैले मेरो खातामा पैसा काटिसकेकाे देखाएर उनिहरूकाे चित्त बुझाउथेँ।

याे त अति नै भयो भनेर झण्डै १० पटक फाेन पे र इ सेवामा घण्टाैँ कुरा गर्दा समेत कसैले उचित समाधान नदिई विभिन्न किसिमका प्राविधिक कुराहरू गर्न लगाए। कहिले भाइबरमा फलानाे चिजकाे स्क्रिन सट पठाउनु। कहिले फलानो ई मेलमा चिलानाे चिज पठाउनु भनेर मेरो दिमाग खाने काम गरि नै रहे। तैपनि उनिहरूले भनेको जाने जति गरि नै रहेँ। त्याे बेला म साेच्थे, दुई अक्षर पढेकाे, देश दुनियाँ घुमेकाे मलाई त यति “पजल” बनाउँछन् भने सामान्य निरक्षर जनताको के हाल हाेला? पैसा लिनका लागि देशभर “फाेन पे” का बार काेडहरू राखेर तुरुन्तै लिने तर सम्बन्धित ग्राहकलाई नदिने। के तमाशा हाे याे भनेर गुनिरहेकाे थिएँ।

अरूलाई पनि त्यस्तै परेको थाहा पाएँ। साे दिन त्यत्तिकै बिताइदिए। कहिले पुजा, कहिले सुषमा त कहिले काे ले फाेन उठाएर मैले सम्बन्धित “टीम” लाई खबर गरेको छु भनेर मेरो समय, रूपैञा खाइरहे भाे मानसिक तनाव सबै बढाउने का गरिरहे। शनिबार विदाकाे दिन के गर्ने भनेर त्यत्तिकै छाेडिदिएँ।

आइतबार फेरि फाेन गरेँ। जवाफ उही। विस्तारै फाेन गरेको उठ्न छाड्यो। सुषमा आचार्य भनेर एकजना महिलाले फाेन गरेर फेरि के भएको, कहाँ, कसरी आदि कुरा साेधेर मेरो मस्तिष्कमा पुनः तनाव दिन थालिन्। प्रश्न सबै साेध्छन्, समाधान कसैसँग छैन। केवल टार्ने कुरा मात्रै गर्छन्। त्यसपछि म बिराटनगर जानुपर्ने फेरि गएँ। सिधै बुद्ध एयरकाे कार्यालय बाटै टिकट लिएँ तर नगदै तिरेर किनभने अब फाेन पेकाे कुनै भराेसा लाग्दैन ।

बारम्बार बिराटनगरबाट फाेन गरिरहन्थेँ। झण्डै सयाैँ पटक कल गरेँ। कहिले लामाे कुरा गरेर पुरानै कुरा दाेहाेर्‍याउथे भने कहिले फाेन उठाउनै छाेडे। यस्तो अवस्थाले गर्दा म फाेन पेका अध्यक्ष अस्गर अलीलाई नै कैयौंपटक फाेन गर्न थालेँ तर उनले फाेन नै उठाएनन्। अति नै भएपछि फेरि काठमाडौ आएर फाेन गर्दा पुरानै कुरा दाेहाेर‍याउन थाले।

झन् अचम्म लाग्यो र इसेवा तथा फाेन पे काे केन्द्रीय कार्यालय हात्तीसारमा गएकाे त झनै विक्षिप्त कर्मचारीहरू देखेर मलाई पनि अति नै दिक्क लाग्याे। अब मैले यिनिहरूबाट पैसा फिर्ता पाउने आशा त गुमाएँ तर आम जनताकाे तर्फबाट यसलाई कानुनी उपचारमा जानुपर्ने साेच बनाएर तपाईंहरू जस्तो देशको चाैथाे अङ्गलाई याे कुरा सूचीत गर्दैछु। हजाराै जनाकाे रकम तुरुन्तै बारकाेड मार्फत लिएर कैयौं दिन सम्म उसले राख्दा कराेडाै रूपैञा व्याज नै कमाउन सक्ने निकृष्ट काम फाेन पे ले गरिरहेकाे छ। यसकाे हामी सम्पूर्ण नेपालीहरूले एक स्वरले विराेध गर्नैपर्छ। याे संगठनात्मक भ्रष्टाचार र ठूलो अपराध हाे भन्ने मेरो ठम्याइ छ ।
शम्भु प्रसाद घिमिरे।
टंकीसिनवारी, माेरङ्ग।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..